प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्दै..




काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

उनले आज साँझ साढे ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा गोली लागेका दुई जनाको मृत्यु भइसकेको छ। यस्तै, सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ।

Previous Post Next Post

Popular Items